Banijya News

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकमले नाघ्यो ४ अर्ब ६८ करोड

1
1.0K Shares

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । गत शुक्रबार बढेर बन्द भएको नेप्सेले आज सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक २५.५५ अंक बढेर २५८५.०४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंक बढेको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

सोमबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत बढेको छ । त्यस्तै, त्रिशुली जलविद्युत् कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top