Banijya News

चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

1
1.0K Shares

विगत चार महिनादेखि रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया खुलेको छ । यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालयहरू तथा स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको जानकारी गराएको हो ।

विभागले गत जेठ ७ गते सूचना जारी गर्दै नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको थियो । त्यसपछि साउन १८ गते सार्वजनिक मालबाहक सवारीसाधनको दर्ता खुला गरिएको भए पनि यात्रुवाहक सवारीको दर्ता भने बन्द नै रहेको थियो ।

विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारी चाप व्यवस्थापनलाई ध्यानमा राखी हाललाई असोज १ गतेदेखि लागू हुने गरी उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिँदै दर्ता खुला गरिएको छ ।

यसैगरी, काठमाडौँ उपत्यकाभित्र भने तत्कालका लागि स्कुल बस तथा सट्टाभर्ना (पुरानो सवारीको बदलामा नयाँ दर्ता) को हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता गर्न पाइने विभागले जनाएको छ ।

1

Scroll to Top