गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको आज असोज २ गते बसेको सञ्चालक समतिको १६८औं बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई हालको चुक्ता पूँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँको १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश दिने भएको हो । यसअनुसार कम्पनीले १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बराबरको बोनस शेयर र ३ लाख ६१ हजार ७९० रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्नेछ ।
कम्पनीको यो निर्णय वार्षिक साधारणसभाले पारित गरेपछि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने र राष्ट्र बैंकबाट पनि स्वीकृत भएपछि सम्बन्धित शेयरनधनीहरुमा वितरण गरिने कम्पनीले जनाएको छ ।

