Banijya News

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक शेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रालिका शेयरधनी किरणमान शेरचनले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न खोजेका हुन् । शेयरसँग सम्बन्धित लाभ तथा दायित्वसमेत बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि प्राथमिकतासहित उक्त शेयर खरिद गर्न इच्छुकलाई आवेदन दिन आग्रह गरेको छ । साविक समूह ‘क’ का कुनै संस्थापक शेयरधनीले शेयर खरिद गर्न चाहेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई लिखित जानकारी गराउनुपर्नेछ ।

आवेदन दिँदा इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयरको संख्या र त्यसका लागि तिर्न तयार रहेको रकमसमेत खुलाउनुपर्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा लिखित जानकारी गराउन सक्नेछन् ।

1

Scroll to Top