मनाङको हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परेका थप दुई जनाको शव फेला परेको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार आज सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो । यसअघि आइतबार हिमपहिरोमा परेका छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो । थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको हो ।
हिमपहिरो प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको एनएनएमजीएले जनाएको छ । सम्पर्कविहीन रहेकाहरूको खोजीलाई निरन्तरता दिइने एसोसिएसनले बताएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १६ नेपाली सम्पर्कविहीन भएका थिए ।
आइतबार विहानै गएको हिउँपहिरोका कारण हराइरहेकाहरूको सोमबार विहानैदेखि मौसम खुलेकोले हेलिकप्टरको परिचालन गरेर खोजी कार्य सुरु भइरहेको हो । एनएनएमजीएको उद्धार टोलीले अहिले पनि हिमपहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

