नेपाल धितोपत्र बोर्डले सिटिजन्स क्यापिटलको ‘सिटिजन्स सुपर ५०’ सामूहिक लगानी योजनालाई स्वीकृति दिएको छ । उपलब्ध विवरणअनुसार बोर्डले असोज ७ गते एक अर्ब रुपैयाँ आकारको योजना स्वीकृत गरेको हो ।
योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरिनेछ । यो १० वर्ष अवधिको बन्दमुखी सामूहिक लगानी योजना हो । योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेका छन् ।
क्यापिटलले हाल बजारमा एउटा बन्दमुखी सामूहिक लगानी योजना व्यवस्थापन गरिरहेको उपलब्ध विवरणमा उल्लेख छ । नयाँ योजनाको इकाई बिक्री खुल्ने मिति तथा आवेदनसम्बन्धी थप विवरण भने दिइएको छैन ।


