Banijya News

कुमारी बैंकद्वारा ५,२५४ कित्ता संस्थापक सेयर बिक्री गरिने

1
1.0K Shares

कुमारी बैंक लिमिटेडको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न इच्छा जनाएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि आवेदन दिन आह्वान गरेको हो ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, टंगालमा आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको संस्थापक सेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।

1

Scroll to Top