बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २३औँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ । कम्पनीले साधारण सभा कात्तिक २० गते शुक्रबार काठमाडौंको शंखमूलस्थित स्मार्ट दरबारमा गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।
यससँगै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत सभामा पेस हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा चार जना सञ्चालक चयन गर्ने प्रस्ताव छन् ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ ।


