गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो मंसिर ३ गते विशेष साधारणसभा गर्ने भएको हो । सभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले संस्थापक शेयरधनीतर्फ ४ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् कात्तिक २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन सक्नेछन् ।


