Banijya News

सामान्य अंक बढ्यो नेप्से, ७ अर्ब ४३ करोडको शेयर खरिदबिक्री

1
1.0K Shares

नेप्से परिसूचक बुधबार सामान्य अंक बढेर बन्द भएको छ । हिजो मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज बुधबार १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ ।

यसैगरी, सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक घटेको छ ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । हिजो मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ भने श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक ६.३४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top