नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो बुधबार प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।


