Banijya News

हिमालयन लघुवित्तद्वारा साधारण सभा आह्‌वान, पाँच प्रतिशत लाभांश पारित गर्ने

1
1.0K Shares

हिमालयन लघुवित्त वित्तीय संस्थाले १५औँ वार्षिक साधारण सभा आह्‌वान गरेको छ । लघुवित्तले पुस ८ गते बुधबार बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा वार्षिक साधारण सभा गर्ने निर्ण गरेको हो ।

सभाबाट संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने ५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते बुकक्लोज गर्ने भएको छ ।

1

Scroll to Top