Banijya News

विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

1
1.1K Shares

नेपालमा विद्युतीय सवारी (ईभी) को आयात बढेसँगै सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ईभी कार, जीप र भ्यान आयातबाट मात्रै पाँच अर्ब ५६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म आठ अर्ब ९५ करोड ५१ लाख रुपैयाँ बराबरको ईभी कार, जीप र भ्यान आयात भएको छ । अघिल्लो महिनाको तुलनामा मात्रै यो आयात रकम एक अर्ब ४० करोड ६० लाख रुपैयाँले बढेको हो । सो अवधिमा आयात भएका विद्युतीय सवारीबाट सरकारले पाँच अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

चालु आवको ५ महिनामा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको सवारी आयात भएको छ। विभागका अनुसार ५१–१०० किलोवाटको २ हजार १६४ वटा सवारी आयात भएको छ, जसको मूल्य ५ अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ रहेको छ।

सबैभन्दा कम २०१–३०० किलोवाटको ५ वटा सवारी आयात भएका छन्। जसको मूल्य ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेको छ। ५० किलोवाटसम्मका सवारी १ हजार २१५ वटा आयात भएका छन्। यसको मूल्य २ अर्ब ७ करोड ३२ लाख ५७ हजार रुपैयाँ रहेको छ।

विद्युतीय सवारीको आयात नेपालमा चीन, भारत, थाइल्यान्ड, बेलायत, जर्मनी, कोरिया र अमेरिकाबाट हुनेगरेको छ। चीनबाट सबै बन्दा बढी आयात भएको छ। यस देश बाट २ हजार ६२३ वटा विद्युतीय सवारी भएको छ ।

५० किलोवाटको सवारी चीनबाट ७०२ र भारतबाट ५१३ वटा आयात भएको छ। यस्तै १०१–२०० किलोवाट क्षमताका सवारी चीनबाट ३८२, भारतबाट १४, बेलायतबाट १०, जर्मनीबाट ६ र कोरियाबाट २ वटा आयात भएको छ। ५१–१०० किलोवाट क्षमताका सवारी चीनबाट १ हजार ५३९, थाइल्यान्डबाट ३३१, भारतबाट २९३ र बेलायतबाट १ वटा आयात भएको छ। २०१–३०० किलोवाट क्षमताका सवारी चीनबाट ४ र अमेरिकाबाट १ वटा आयात भएको विभागले जनाएको छ।

त्यसैगृरि एसेम्बल नगरेको ५० किलोवाटको ईभी कार, जीप, भ्यान भारत बाट २ वाट आयात भएको छ । सो सवारीको आयात मूल्य २३ लाख ९७ हजार रहेको छ ।

1

Scroll to Top