Banijya News

फस्र्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

1
1.1K Shares

काठमाडौं ः आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतवार अन्तिम दिन रहेको छ । यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १००० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसार कमलादी काठमाडौंमा बुझाउन सकिनेछ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top