भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् । संघको ३८औँ वार्षिक साधारण सभाबाट न्यौपाने निर्विरोधरुपमा अध्यक्ष चयन भएका हुन् ।
साधारणसभाले २४ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन् । त्यस्तै, साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एसोसिएटतर्फको उपाध्यक्षमा गणेशहरि प्रजापति निर्वाचित भएका छन् । संघको महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखु र कोषाध्यक्षमा रंजित मारिखु निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासु (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन् । साथै, कार्यसमिति सदस्यमा महिलातर्फ मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगततर्फ कृतन अवाल, एसोसिएटतर्फ बिजोन त्वानाबासु र शिशिर किसी निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक गजेन्द्रशंकर तिमिलाका अनुसार, महासचिव र एसोसिएटतर्फका कार्यसमिति सदस्यबाहेक पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।


