Banijya News

तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

1
1.2K Shares

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रुपैयाँ कायम भएको थियो । मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो ।

1

Scroll to Top