Banijya News

जानकी फाइनान्सको वार्षिक साधारणसभा पुस १४ गते, बुक क्लोज कहिले ?

1
1.1K Shares

बिहिबार ३ पौष २०७६
काठमाण्डौ – लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डासहित जानकी फाइनान्स कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा आयोजना गर्ने निर्णय गरेको हो । जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको आवश्यक वैदेशिक रणनीति साझेदारीमा जानका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा निर्णय गर्नेछ् । यसैगरी बोनस सेयर जारी गरेपछि वृद्धि हुने चुक्तापुँजीपछि संस्थाको प्रबन्धपत्र र निममावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको कुल २३.१६ प्रतिशत लाभांश पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी २२ प्रतिशतले हुन आउने १० करोड ८२ लाख ७० हजार ८६६ रुपैयाँबराबरको बोनस सेयर र १.१६ प्रतिशतले हुन आउने ५१ लाख ९८ हजार ४६७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ

1

Scroll to Top