Banijya News

सेञ्चुरी कमर्सियल बैंकले गर्यो ७.५०% लाभांश वितरणको प्रस्ताव

1
1.1K Shares

२९ मंसिर, काठमाण्डौ ।


सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ७ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।


बैंकले अघिल्लो आर्थिक वर्ष ०७५र७६ को लागि पारित गरेको २ प्रतिशत बोनस शेयर वापतको १६ करोड ८३ लाख ९ हजार रुपैयाँ पूँजीकरण भएपश्चात कायम चुक्तापूँजीको आधारमा यो वर्ष लाभांश वितरण गर्न लागेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको वितरण हुन बाँकी बोनस पश्चात कायम हुने चुक्तापूँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर र कर सहित २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

1

Scroll to Top