Banijya News

बैंकहरुको गैर बैंकिङ सम्पत्ति ३२.२० प्रतिशतले वृद्धि

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पती ३२.२० प्रतिशतले बद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (असार देखि मंसिरमसान्त) मा बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ५१ अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३२.२० प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले जनाएको छ ।

चालु आवको पाँच महिनामा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड १० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा गैरबैंकिङ सम्पत्ति १० अर्ब ३९ करोड ५९ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब २२ करोड २० लाख रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति ८१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २७ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

1

Scroll to Top