नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने
सरकारले चालू आर्थिक वर्ष ०८२/८३ को फागुनसम्म नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ । बजेट कार्यान्वयन कार्ययोजनामार्फत फागुनसम्ममा सेयर विनिवेश गर्ने तालिका बनाएको हो । अर्थ मन्त्रालयको सरकारी लगानी व्यवस्थापन इकाइले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा यस्तो तयारी गरेको हो । चालू आर्थिक वर्षको बजेटमा ‘नेपाल सरकारको…

