राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, १८ जनाको दौडधुप
नेपाल राष्ट्र बैंकको दोस्रो शक्तिशाली पद मानिने डेपुटी गभर्नर नियुक्ति प्रक्रिया हाल सुस्त गतिमा अघि बढिरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमका कारण यो महत्वपूर्ण पदमा नियुक्ति प्रक्रिया प्रभावित भएको देखिन्छ। हाल रिक्त रहेको डेपुटी गभर्नर पदका लागि राष्ट्र बैंकभित्रका कार्यकारी निर्देशकहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरू…

