Banijya News

कर्पोरेट

नेबिकाे एकैसाथ १० नयाँ प्रोडक्ट बजारमा

काठमाडौँ । नेबिको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा विक्री वितरण […]

क्लिनफिडसँगै इन्टरनेटमा आधारित टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीको माग

काठमाडौं । यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई आज नेपाल केवल टेलिभिजन व्यवसायी महासङ्घका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै क्लिन फिड…


  • Default Image

    दशैंमा काठमाडौंमा ४० हजार खसीबोका बिक्री हुने अनुमान

    काठमाडौं, ३ कार्तिक । दशैंमा काठमाडौंमा ४० हजार खसीबोका बिक्री हुने अनुमान गरिएको छ । कोरोना महामारीका कारण खसी, बोका, भेडा, च्याङ्ग्राको माग कम हुने सम्भावना भएपछि यस्तो अनुमान गरिएको हो । काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार संक्रमणको कारण व्यापार कम हुने बताए । हिजोबाट बिक्री…

  • Default Image

    लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिए

    ०२ कार्तिक, काठमाण्डौ । ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर…

  • Default Image

    ओलाङ्चुङ्गोलाको गलैँचा घरैमा थन्किए

    ताप्लेजुङ । कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् । सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने…

  • Default Image

    उपभोक्तालाई ठगेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारबाही

    चितवनमा उपभोक्तालाई ठगेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ। ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा ५० हजार जरिवानासहित कारबाही गरिएको हो। वाणिज्य कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शुक्रबार भरतपुर महानगरपालिकाभित्रका बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको तथा खरिद र बिक्रि बिल उपलब्ध गराउन…

  • Default Image

    म्याद नाघेका वस्तु बिक्री गर्ने संस्थानलाई संरक्षण

    कात्तिक १, काठमाडौंकाठमाडौं बालाजुस्थित दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजनामा रहेको कोल्डस्टोरमा राखिएका बटरका बक्स । यहाँका प्रायः बक्समा लेबल थिएन । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले गत आइतबार र मंगलबार क्रमशः खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम र दुग्ध विकास संस्थान (डीडीसी) को वितरण प्लान्टमा अनुगमन ग¥यो । अनुगमनमा…

  • Default Image

    चियाको आम्दानी १४७. ५ ले वृद्धि, अलैंचीमा भने सुधार आएन

    असोज ३०, इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । गएको आर्थिक…

  • Default Image

    टेलिकमले ल्यायो चाडपर्व लक्षित आकर्षक अफर

    २९ असोज, काठमाण्डौ । नेपाल टेलिकमले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी आजदेखी लागु हुने गरी ९० दिन सम्म अटम अफर उपलब्ध गराउने भएको हो । यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका…

  • Default Image

    बढी भाडा असुल्दै सार्वजनिक यातायात

    सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको…

  • Default Image

    शिवम् सिमेन्ट्सले २४.२१ प्रतिशत नगद लाभांश दिने

    २९ असोज, काठमाण्डौ । यो वर्ष शिवम् सिमेन्ट्सले आफना सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २४।२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण…

Scroll to Top