टेलिकमले सिम निःशुल्क उपलब्ध गराउने
१५ मंसिर, २०७६,काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार उक्त सेवासम्बन्धी सम्झौता भएसँगै राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई मात्र अहिले सिम उपलब्ध गराउन लागिएको हो । बिहीबार भएको सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र…

