Banijya News

समाचार

असारमा बढ्यो मधेश प्रदेशको बजेट खर्च, ५६ प्रतिशतभन्दा बढी रकम कार्यान्वयन

असारमा बढ्यो मधेश प्रदेशको बजेट खर्च, ५६ प्रतिशतभन्दा बढी रकम कार्यान्वयन

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ। आर्थिक वर्ष सकिन केही दिन मात्र […]

वनफूलले चिटिक्क सिँगारिएको छ ढोरपाटन, रमाउदै पर्यटक

वनफूलले चिटिक्क सिँगारिएको छ ढोरपाटन, रमाउदै पर्यटक

समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार…


  • गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग, परिवारले शव बुझ्न मानेन

    गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग, परिवारले शव बुझ्न मानेन

    त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरअगाडि आफैंलाई आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। परिवारले घटनाको जिम्मेवारी सम्बन्धित निकायले स्वीकार गरी स्पष्ट निर्णय नगरेसम्म शव नबुझ्ने अडान लिएपछि सरकारी पक्ष र परिवारबीच निरन्तर छलफल भइरहेको छ। घटनापछि न्यायको माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भएका छन् भने…

  • एशियन पेन्ट्सको १३औँ ‘क्यालिडोस्कोप’ प्रतियोगिता सम्पन्न

    एशियन पेन्ट्सको १३औँ ‘क्यालिडोस्कोप’ प्रतियोगिता सम्पन्न

    एशियन पेन्ट्स नेपालको आयोजनामा वास्तुकार तथा आन्तरिक डिजाइनर विद्यार्थीहरूको क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित १३औँ ‘क्यालिडोस्कोप’ अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता (२०८२–८३) को पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। ठमेलस्थित एलोफ्ट बाई मेरियटमा आयोजित विशेष कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर गोपालप्रसाद सिग्देलको मुख्य आतिथ्यता रहेको थियो।…

  • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना काठमाडौँबाट पक्राउ

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना काठमाडौँबाट पक्राउ

    वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पीडितहरूको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा (यूएई पठाइदिने…

  • नेपाली छुर्पीको बढ्दो लोकप्रियता, वीरगन्ज नाकाबाट निर्यातले तोड्यो नयाँ कीर्तिमान

    नेपाली छुर्पीको बढ्दो लोकप्रियता, वीरगन्ज नाकाबाट निर्यातले तोड्यो नयाँ कीर्तिमान

    नेपाली परम्परागत दुग्धजन्य उत्पादन छुर्पीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै निर्यातको नयाँ उचाइ हासिल गरेको छ। विशेषगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा घरपालुवा कुकुर र बिरालोका लागि प्राकृतिक च्यु–ट्रिटका रूपमा नेपाली छुर्पीको लोकप्रियता बढ्दै जाँदा यसको निर्यात पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। पछिल्ला केही वर्षयता…

  • हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मेवारी अब नेपाली सेनाको हातमा

    हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मेवारी अब नेपाली सेनाको हातमा

    सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको छ। मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सेनालाई उद्योगका मेसिनहरूको मर्मतसम्भार गर्ने, प्राविधिक जनशक्तिमार्फत उत्पादन परीक्षणका लागि अध्ययन प्रतिवेदन तयार पार्ने र प्रारम्भिक परीक्षण उत्पादन गर्ने गरी मुख्य तीनवटा जिम्मेवारी दिइएको छ। उद्योग मन्त्रालयले सम्भाव्यता अध्ययनका…

  • सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’ सञ्चालनमा

    सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’ सञ्चालनमा

    सिद्धार्थ बैंक लिमिटेडले महिला उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाबाट महिला उद्यमीले सहज रूपमा कर्जा सुविधा पाउने भएका छन् । योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो,…

  • अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा  भिड्ने

    अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने

    एक रोमान्चक खेलमा स्विट्जरल्याण्डलाई ३–१ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको १० औँ मिनेटमै लियोनल मेस्सीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एलेक्सिस एलिस्टरले हेडरमार्फत गोल गरी अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा स्विट्जरल्याण्डले कडा टक्कर दियो। खेलको ६६ औँ मिनेटमा बायाँ विङबाट भित्र छिरेका ड्यान…

Scroll to Top