Banijya News

एशियन पेन्ट्सको १३औँ ‘क्यालिडोस्कोप’ प्रतियोगिता सम्पन्न

1
1.1K Shares

एशियन पेन्ट्स नेपालको आयोजनामा वास्तुकार तथा आन्तरिक डिजाइनर विद्यार्थीहरूको क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित १३औँ ‘क्यालिडोस्कोप’ अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता (२०८२–८३) को पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। ठमेलस्थित एलोफ्ट बाई मेरियटमा आयोजित विशेष कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर गोपालप्रसाद सिग्देलको मुख्य आतिथ्यता रहेको थियो।

कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग, विभिन्न इन्जिनियरिङ संस्थाका पदाधिकारी, प्राध्यापक, आर्किटेक्ट तथा आन्तरिक डिजाइनरहरूको उल्लेखनीय सहभागिता माझ युवा प्रतिभाहरूको सिर्जनशीलता र नवप्रवर्तनशील सोचको सम्मान गरियो। यस वर्षको प्रतिस्पर्धामा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे प्रथम हुन सफल भएका छन्। त्यस्तै, पूर्वाञ्चल क्याम्पसका सुमन बिके प्रथम उपविजेता र हिमालय कलेज अफ इन्जिनियरिङकी अदिती रिजाल द्वितीय उपविजेता घोषित भएका छन्। वरिष्ठ आर्किटेक्ट र सहरी विकास विभागका पदाधिकारी सम्मिलित निर्णायक मण्डलले बहुचरणीय मूल्याङ्कन गरी विजेता छनोट गरेको हो, जसमा उत्कृष्ट १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र र शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। समारोहमा विजेता डिजाइनको त्रिआयामिक (३डी) नमुना समेत प्रदर्शन गरिएको थियो।

युवा वास्तुकारहरूलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्दै उद्योगको कार्यपरिवेशसँग परिचित गराउन यो प्रतियोगिता कोशेढुङ्गा सावित हुँदै आएको छ। कार्यक्रमको अवसरमा विद्यार्थीहरूले तयार पारेको उत्कृष्ट अवधारणात्मक डिजाइनलाई सहरी विकास तथा भवन निर्माण विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो, जसले शैक्षिक सिर्जनशीलतालाई व्यावहारिक विकाससँग जोड्न मद्दत पुर्‍याउनेछ। एशियन पेन्ट्स नेपालले शैक्षिक संस्था र उद्योगबिचको सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा पनि युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

1

Scroll to Top