Banijya News

राजनीति

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन । आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा […]

रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् । सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका…


  • सबै क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

    सबै क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

    प्रतिनिधिसभा निर्वाचनको लागि शुक्रबार निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । यही माघ ६ गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन हुँदैछ। त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने भएको हो। आयोगका अनुसार आजदेखि १ ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको…

  • देशलाई दीर्घकालीन दृष्टिकोण चाहिएको छ: मेयर बालेन

    देशलाई दीर्घकालीन दृष्टिकोण चाहिएको छ: मेयर बालेन

    काठमाडौं महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशलाई दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । लोकप्रिय नारा नभई इमानदार नेतृत्व चाहिएको उनले उल्लेख गरेका छन् । २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार (माघ २) सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले लेखेका छन्,…

  • पार्टीको आधिकारिकताबारे आयोगसँग छलफलमा खड्का

    पार्टीको आधिकारिकताबारे आयोगसँग छलफलमा खड्का

    नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादु खड्कासहितका नेता यति बेला निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आयोग पुगेका हुन् । खड्का माथिल्लो तलामा आयोगसँगको छलफलमा रहेका छन् । तल कार्यकर्ताको भीड छ । खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा.…

  • विप्लव र मिराज ढुंगानाबीच चार बुँदे सहमति

    विप्लव र मिराज ढुंगानाबीच चार बुँदे सहमति

    नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ। बिहीवार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए। हस्ताक्षरपछि माइतिघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दावी गरे। उनकाअनुसार अन्तरिम सरकार गठनका लागि…

  • कस्तो छ कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति (सूचीसहित)

    कस्तो छ कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति (सूचीसहित)

    काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित…

  • गगन थापा नेपाली कांग्रेसका सभापति

    गगन थापा नेपाली कांग्रेसका सभापति

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार राति साढे १२ बजे विशेष महाधिवेशन…

  • रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

    रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

    महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध परेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन स्वीकृत दिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले आजै उक्त मुद्दा फिर्ता दिन स्वीकृत दिने निर्णय गरेकी हुन्। अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएसँगै अब ती कार्यालयहरूले आवश्यक प्रक्रिया अघि बढाउने छ। उनीविरुद्ध…

  • कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

    कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएको बताएका छन् । "कांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ, कुनै पनि युद्धमा विजय हासिल गर्नका लागि कमान्डर दरिलो ढंगले उभिदै गर्दा पूरै सेना पनि उही तयारी, मनोविज्ञानका साथ उभिनुपर्छ," उनले भने । उपसभापतिमा निर्वाचित…

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मंसिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंगलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । संघीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश…

  • गगन-विश्वप्रकाशलाई कारबाहीलगत्तै अबको परिस्थितिबारे देउवा पक्षले थाल्यो कानुनी परामर्श

    गगन-विश्वप्रकाशलाई कारबाहीलगत्तै अबको परिस्थितिबारे देउवा पक्षले थाल्यो कानुनी परामर्श

    शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरे लगत्तै अबको परिस्थितिबारे कानुनी परामर्श थालेको छ। छलफलका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपानेसहितका कानुन व्यवसायी अहिले सानेपा पुगिसकेका छन्। उनीहरूसँग परामर्श सुरु भइसकेको एक नेताले बताए। नेपाली कांग्रेसको केन्द्रीय समिति आजको…

Scroll to Top