Banijya News

कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

1
1.1K Shares

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएको बताएका छन् । “कांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ, कुनै पनि युद्धमा विजय हासिल गर्नका लागि कमान्डर दरिलो ढंगले उभिदै गर्दा पूरै सेना पनि उही तयारी, मनोविज्ञानका साथ उभिनुपर्छ,” उनले भने ।

उपसभापतिमा निर्वाचित भएपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले जे भइरहेको छ फरक मत, आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिएको बताए ।

“जे भइरहेको छ फरक मत, आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिरहेका छौँ,” उनले भने ।

देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताए । संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने उनकाे भनाइ थियाे ।

1

Scroll to Top