शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरे लगत्तै अबको परिस्थितिबारे कानुनी परामर्श थालेको छ।
छलफलका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपानेसहितका कानुन व्यवसायी अहिले सानेपा पुगिसकेका छन्।
उनीहरूसँग परामर्श सुरु भइसकेको एक नेताले बताए।
नेपाली कांग्रेसको केन्द्रीय समिति आजको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।


