Banijya News

राजनीति

दुई सातापछि कारागार फर्किए टोपबहादुर रायमाझी

दुई सातापछि कारागार फर्किए टोपबहादुर रायमाझी

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार […]

नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउ: आयोग

नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउ: आयोग

राष्ट्रिय मानवअधिकार आयोगले नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवालाहरूसँग अपिल गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ हालै भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले नेपालको लोकतान्त्रिक अभ्यास, मौलिक अधिकार, मानव अधिकारको प्रत्याभूति,…


  • नवनियुक्त चार मन्त्रीले लिए शपथ

    नवनियुक्त चार मन्त्रीले लिए शपथ

    नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान…

  • सडक अनुगमनमा पुगे कुलमान, बजेट अभाव हुन नदिने

    सडक अनुगमनमा पुगे कुलमान, बजेट अभाव हुन नदिने

    ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल (धुलिखेल खावा) सडकको निर्माण प्रगतिबारे स्थलगत जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे । चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी…

  • मन्त्री बन्ने सूचीबाट काटियो संगीता मिश्रको नाम

    मन्त्री बन्ने सूचीबाट काटियो संगीता मिश्रको नाम

    मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्राको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेकाले आज उनको नाम काटेर पुन: चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो। जसका कारण आज उद्योगमन्त्री…

  • रविसँगै भागेका ७ हजार कैदी–बन्दी कारागार फर्किए

    रविसँगै भागेका ७ हजार कैदी–बन्दी कारागार फर्किए

    जेन–जी’ आन्दोलनका क्रममा देशभरका कारागारमा भएको तोडफोड र आगजनीपछि रास्वपा सभापति रवि लामिछानेसँगै भागेका कैदी–बन्दीमध्ये अझै ७ हजार ६२७ जना फरार छन् । भदौ २४ गतेको उग्र प्रदर्शनका बेला २८ कारागार र ९ सुधारगृहबाट कैदी तथा थुनुवा पलायन भएका थिए । कारागार व्यवस्था विभागका तथ्यांकअनुसार, सो दिन कुल १४ हजार…

  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

    नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

    नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका…

  • ओली सरकारका निर्णय उल्ट्याउने लहरमा कार्की सरकार

    ओली सरकारका निर्णय उल्ट्याउने लहरमा कार्की सरकार

    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारका निर्णयहरू धमाधम उल्ट्याउने क्रम अघि बढाएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरूले तत्कालीन सरकारले लिएका कतिपय कदमलाई पल्टाउँदै नागरिकमैत्री सन्देश दिने प्रयास गरिएको देखिएको छ । ओली सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याएको थियो ।…

  • किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

    किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

    नयाँ सरकार गठनसँगै मन्त्रीहरूको नियुक्तिमा विवाद र दोहोरो मापदण्ड देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम भ्रष्टाचारको आरोप लागेको भन्दै ‘होल्ड’ गरेकी छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परेका र व्यापक छानबिन भइरहेका कुलमान घिसिङलाई भने तीनवटा मन्त्रालयको जिम्मेवारी दिँदै…

  • दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

    दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

    सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।…

  • आफुलाई प्राधिकरणको एमडीबाट हटाईएको प्रति यसो भन्छन् हितेन्द्र !

    आफुलाई प्राधिकरणको एमडीबाट हटाईएको प्रति यसो भन्छन् हितेन्द्र !

    नेपाल विद्युत् प्राधिकरणबाट आफुलाई हटाएपछि कसरी अघि बढ्ने परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटार जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । उनले सरकारले कसरी ‘ट्रिट’ गर्छ सोही आधारमा अघि बढ्ने बताए । आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले…

  • देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान गर्दै विभाग

    देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान गर्दै विभाग

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छुट्टाछुट्टै अनुसन्धान थालेको स्रोतले जानकारी दियो । एसपीको नेतृत्वमा एक टोलीले दुवै घरमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्रोतले जानकारी दियो ।…

Scroll to Top