नेपालले आज अन्तिम अभ्यास खेल क्यानडासँग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ। दुई दिनअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह…

