Banijya News

एलपी ग्यास अभावले बढायो इन्डक्सन चुलोको व्यापार

1
1.1K Shares

पछिल्लो समय पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण विकसित भएको तनाव र पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि उपभोक्ता विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा नेपालमा विभिन्न प्रकारका एक लाख ४७ हजार ८ सय ६४ वटा विद्युतीय चुलो आयात भएका छन्।

यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको छ। उक्त अवधिमा १ लाख ४ हजार ७१७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको तथ्यांकले देखाउँछ। त्यस्तै, इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ, यसअन्तर्गत ४२ हजार २ १८ वटा चुलो आयात गरिएको छ। इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९ सय २९ वटा मात्र आयात भएका छन्।

आर्थिक दृष्टिले हेर्दा, यी चुलो आयातका लागि ठूलो रकम विदेशिएको छ। आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ। यसमध्ये इन्डक्सन चुलोको मात्र मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ छ। काठमाडौँको महाबौद्धमा विद्युतीय उपकरणहरुको होलसेल बिक्री गर्दै आएका किरण श्रेष्ठका अनुसार अन्य समयमा पनि यस्तो विद्युतीय चुलोको बिक्री भई रहने भए पनि अहिलेको अवस्थामा यसको बिक्री ५० देखि ७० प्रतिशत बढेको छ।

1

Scroll to Top