माइडियाले एक सय ९८ लिटरको हार्ड टप सिंगल डोर चेस्ट फ्रिज बजारमा ल्याएको छ । कम्पनीले आधुनिक परिवार तथा व्यावसायिक प्रयोगलाई लक्षित गर्दै एमडिआरसी ३६२एफजेडजी४३डी मोडेलको चेस्ट फ्रिज ल्याएको हो ।
यसले शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत तथा स्मार्ट सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार यस मोडेलमा डिप फ्रिजिङ टेक्नोलोजीले तापक्रमलाई ३० डिग्री सेल्सियससम्म पुर्याउन सक्षम बनाउँछ, जसले खाद्यसामग्रीको स्वाद, ताजापन र पोषण सुरक्षित राख्न मद्दत गर्छ । साथै, खानेकुरालाई छिटो चिसो बनाई लामो समयसम्म ताजा राख्ने काम पनि यसले गर्ने कम्पनीले बताएको छ ।
यसमा रहेको इन्भर्टर क्वाट्रो टेक्नोलोजीले कम बिजुली खपत, तीव्र कुलिङ र शान्त सञ्चालन सुनिश्चित गर्ने बताइएको छ । केवल ३७ डेसिबल ध्वनिस्तर भएकाले माइडियाको यो फ्रिज घर तथा व्यावसायिक दुवै प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, माइडियाको फोर साइड कुलिङ टेक्नोलोजी र डी प्लस कुलिङ सिस्टमले सम्पूर्ण भित्री भागमा समान रूपमा चिसोपन फैलाएर स्थिर तापक्रम कायम राख्ने जनाइएको छ । यसमा रहेको कनभर्टिबल सुविधामार्फत आवश्यकताअनुसार फ्रिजर वा फ्रिज मोडमा सजिलै परिवर्तन गर्न सकिन्छ ।


