बुधबार नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट देखिएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मुल्य तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो ।
हिजो ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मुल्य पनि तोलामा १८५ रुपैयाँले घटेर ४७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


