गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको बताइएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार, दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको हो ।
इन्डियन आइडल विजेता तामाङ नेपालमा उत्तिकै चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीतहरु चर्चित छन् । ‘आगो पिएर बाँच्ने’, ‘जाउँला रेलैमा सरर गोर्खा पल्टन’, ‘आफ्नालाई घात गर्दा’, ‘असारे महिनामा’, ‘सिरीमा सिरी’, ‘रातो रानी’, ‘हिउँभन्दा चिसो’, ‘बतासै सरर’ आदि गीतहरु चर्चित छन् ।
यसैगरी, गायनका अलावा तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्ममा अभिनयसमेत गरेका छन् ।
तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।


