ग्राहकहरुलाई नवीनतम बैंकिङ सेवा दिन अग्रसर रहेको मन्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एपमार्फत सजिलै कारोबार गर्न सक्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड बाट ग्राहकहरुले फोनपेको कुनै पनि मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
आफ्नो मोबाइलमै प्रयोग गर्न मिल्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले खर्च विवरण तुरुन्तै हेर्न सक्नेछन् । यस कार्डमा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिनाब्याज क्रेडिट सुविधा उपलब्ध छ । क्रेडिट लिमिटभित्र रहेर सहज कारोबार र क्युआर स्क्यानमार्फत भुक्तानी गर्न सकिने यो कार्डले ग्राहकलाई थप वित्तीय सेवा प्रदान गर्ने विश्वास फाइनान्सले जनाएको छ ।
मञ्जुश्री फाइनान्सले हालसम्म करिब २४ अर्ब निक्षेप सङ्कलन र २० अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । २७ शाखा र एक काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको यस फाइनान्सले १ लाख ८० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक सुविधाका लागि मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड पनि सुचारु गरेको कम्पनी फाइनान्सहरुमध्ये पहिलो हो ।


