Banijya News

कोरियन एयरको काठमाडौं उडान कटौती

1
1.2K Shares

०४ चैत, काठमाण्डौ।
साताको चार दिन उडान गर्दै आएको कोरियन एयरले काठमाडौं उडानमा व्यापक कटौती गर्दै अब साताको एक दिन मात्र उडान गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण आगामी सोमबारदेखि लागु हुने गरि कम्पनीले साताको एक दिन मात्र उडान भर्न लागेको हो ।
कोरियन एयरले मार्च महिनाभर कोरियन एयरले उडान कटौती गरेको हो । यसबीचमा सोमबार हुने उडान बाहेक कूल ६ वटा उडान रद्द भएका छन् ।
कम्पनीका अनुसार कोरोना भाइरसविरुद्ध नेपाल सरकारले ल्याएको नीतिलाई सहयोग गर्न साथै यात्रु संख्या समेत अन्यन्तै हुने भएकाले उडान रद्द गर्नु परेको कम्पनीले उल्लेख गरेको छ ।
यसबीचमा टिकट काटिसकेका यात्रुले बिना कुनै जरिवाना टिकट रद्द वा उडान मिति सार्न सक्ने भएका छन् । सातामा एक उडान भने नेपाली यात्रुको सुविधाका लागि निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

1

Scroll to Top