भोलिदेखि बैंकका सीमित कार्यालयमात्र खुल्ने भएका छन् । नेपाल बैंकका कर्मचारीे र सडकमा भीडभाड बढेपछि राष्ट्र बैंकले भोलीदेखी बैंक तथा वित्तीय सस्थालाई सिमित कार्यालय खोल्न निर्देशन दिएसँगै भोलिदेखि सिमित कार्यालयमात्र खुल्ने भएका हुन ।
यसअघि मन्त्रिपरिषद् बैठकले एक तिहाई कार्यालय खोल्न निर्देशन दिएकोमा कोरोना संक्रमण तीब्र रुपमा बढेसँगै थप कडाई गरिएको हो । उपत्यका लगायत देशभर नै कोरोना संक्रमण बढ्दै जाँदा वित्तीय क्षेत्रको लागि सडकमा हिडने पास समेत सीमित गरेको छ ।


