सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल गरिने बताए ।
’स्थायी कमिटीको बैठककमा विषयमा कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा छलफल होला,’ उनले भने।
नेकपाको स्थायी कमिटी वैशाख २५ गतेका लागि बोलाइएको बैठक २४ गते स्थगित भएको थियो । बैठकको एजेण्डा तय गर्न बसेको सचिवालयमा प्रधानमन्त्री तथा अध्यक्ष शर्मा ओली बीचैमा थाके भनेर हिँडेपछि बैठक स्थगित भएको थियो ।
त्यसपछि ३१ गतेका लागि निर्धारण गरेको बैठक कोरोना कारण देखाउँदै स्थगित भएको थियो । स्थायी कमिटी बैठकको माग गर्दै १० गते २० सदस्यहरुले अध्यक्षलाई लिखित पत्र बुझाएका थिए ।


