काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमितको नयाँ नाम ठेगाना सार्बजनिक गन्यो । त्यो नाम मध्ये एक मन्त्रालयले मकवानपुरकी ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतले तिनै महिला राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको परिसरको मनमोहन कार्डियो एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहको खुलेको हो । उनी शुक्रबार कोरोना पुष्टि हुँदा सम्म टिचिङस्थित मनमोहन कार्डियो एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा नै उपचाररत छिन् ।
सेन्टरका कोभिड–१९ म्यानेजमेन्ट टिमका संयोजक रञ्जन सापकोटाले मुटुको समस्या रहेकी महिलालाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो । उनमा कोराना टेस्ट गर्दा पोजेटिभ पाइएको हो ।
यसअघि टिचिङमा एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । भने त्रिविमै डेलिभरी गराएकी सिन्धुपाल्चोककी सुत्केरीमा पनि कोरोना पुष्टि हुनुका साथै मृत्यु भएको थियो । यी तीनबटै संक्रमणले त्रिवि अस्पतालमा कसरी कोरोना संक्रमण भयो खुलदुली बढाएको छ । उनीहरु बाहिर संक्रमित भएर अस्पताल भर्ना भएका हुन या त अस्तालकै बेर्डबाट कोरोना संक्रमण फैलिएको हो त्यो खुल्न सकेको छैन् । अस्पतालले पनि अहिलेसम्म संक्रमण कहाँ र कसरी भयो भन्न सकेको छैन् । संक्रमण बढ्दै जाँदा अस्पताल ब्यवस्थापनमा फेरी चुनौती थपिएको छ ।


