२५ जेठ, काठमाडौं
केन्याको नैरोबीमा रहेको साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले झण्डै ३ अर्ब २० करोड रुपैयाँमा किनेका छन्। कोभिड–१९ को विश्वव्यापी संक्रमणअघि नै यससम्बन्धी सम्झौता सम्पन्न भएको थियो।
केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरिएको थियो। आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।
उक्त होटेलको स्वामित्व खरिद गरेपछि चौधरी ग्रुपले होटेल रिनोभेटको काम शुरू गरेको छ। एक वर्ष लगाएर होटेल रिनोभेट गर्न लागिएको छ।
चौधरीले एसिया र मध्यपूर्वी देशहरूमा लगानी विस्तार गरिरहेका छन्।


