Banijya News

नवलपरासीमा र चितवनमा ५ जना कोरोना संक्रमित थपिए

1
1.1K Shares

नवलपरासी र चितबनमा पाँचजाना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गैंडाकोट नगरपालिकाका २ जना र देबचुली नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।

आज भेटिएका संक्रतिमा गैंडाकोट नगरपालिका वडा नम्बर १३ र १४ का दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । भारतबाट आएका देबचुली नगरपालिका– ४ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।


यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको कालिका नगरपालिका ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर महानगरपालिका ५ का २८ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

1

Scroll to Top