संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परिक्षा (एसइई) सधैँका लागि खारेज गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले एसइई परीक्षा सधैँका लागि खारेज गर्न सरकारका नाममा निर्देशन दिएको हो । समितिले यसपल्ट कोरोनाका कारण यसपल्ट गरेको स्थगनलाई पनि सकारात्मक भनेको छ । समितिले सार्वजनिक शिक्षाको सम्बन्धमा राज्यको जिम्मेवारी रहेकोले सोही अनुसार सुधार गर्न समेत भनेको छ । संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकोले अव एसइईको आवश्यक्त नभएको निष्कर्ष निकालेको हो ।
समितिले सरकारका नाममा दिएको निर्देशनमा भनेको छ, –‘ एसइई परिक्षालाई सधैँको लागि हटाएर कक्षा १०, कक्षा ११ का परिक्षाहरु स्थानीय तहबाट संचालन गरि कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परिक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था गर्ने ।’
त्यसैबीच कोरोना सक्रमण बढदै जाँदा कक्षा ११ को परीक्षा समेत विद्यालयलाई दिने भित्री तयारी भएको छ । कानूनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनुपर्ने बाध्यकारी व्यवस्था छैन् । त्यसको अर्थ हो कक्षा ११ को परीक्षा विद्यालय आफैले लिनसक्दछ । त्यसका लागि ऐन परिवर्तन गर्नु आवश्यक छैन् । कानूनी रुपमा ११ को परीक्षा अध्यान हुने सस्थाले नै लिने भएपनि त्यो ब्याहारमा लागु भएको छैन् । त्यही भएर शिक्षा मन्त्रालय नै भित्र भित्रै ११ को परीक्षा समेत सम्बन्धित अध्यान क्षेत्रलाई नै दिने तयारीमा जुटेको छ । एक सहसचिव कोरोना महामारी कम भएन भने ११ कक्षाको परीक्षा नहुन सक्ने बताउँछन् । उनी भन्छन ‘११ कक्षाको परीक्षा पनि सार्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ ।’
उनका अनुसार मन्त्रालयले एक हप्ता जतिमा ११ को परीक्षाका बारेमा निर्णय सार्बजनिक गर्नेछ ।


