Banijya News

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए । यससँगै नेपालमा अहिलेसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म कोरोना संक्रमित भएका मध्ये ६ हजार ४ सय १५ जना उपचारपछि अस्पतालबाट फर्किसकेका छन्। पछिल्लो २४ घण्टामा २ सय ७२ जना उपचारपछि घर फर्किएका हुन्।

योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ । त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

1

Scroll to Top