Banijya News

नबिल बैंक र हुवावेबीच सहकार्य गर्ने सम्झौता

1
1.1K Shares

असार २४,काठमाडौं ।
नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच साझेदारी गर्ने सम्झौता भएको छ । बुधवार ललितपुरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले साझेदारीबारे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नबिल बैंकका लागि क्लाउड डिजिटाइजेसन सेवाबारे दुई संस्थाबीच सम्झौता भएको हो । कार्यक्रममा नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले हुवावे जस्तो सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरे।
हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पु¥याउनेछ । यसबाट नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन आदि हुनेछन् ।
कार्यक्रममा हुवावे टेक्नलोजिज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि आर्टिफशियल इन्टेलिजेन्स तथा मेशिन लर्निङ प्रविधि क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली लगायतका सूचना प्रविधिको प्रयोगले ब्याङ्कलाई ग्राहक सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

1

Scroll to Top