Banijya News

सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ९ लाख घुस सहित पक्राउ

1
1.1K Shares

असार ३०, काठमाडौं ।
सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ घुस सहित पक्राउ परेका छन् ।
उनलाई मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । अहिले कार्यालय सिल गरिएको प्रहरीले जनाएको छ ।

1

Scroll to Top