Banijya News

ओली सरकारले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालय मातहतमा फर्काइयो

1
1.2K Shares

सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका दुई विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सो कुरा बताएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा ती विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका थिए ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत नै फर्काउने निर्णय समेत गरेको छ । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७४ सालमा विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगेको थियो ।

1

Scroll to Top