Banijya News

शिवश्री हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

1
1.1K Shares

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना सेयरधनीहरूका लागि भदौ १९ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो। यसअनुसार, कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत (१००%) ले हुने १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो, जसको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

यो हकप्रदका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। तसर्थ, साउन १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

इच्छुक सेयरधनीहरूले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल र सिटिजन्स बैंकका तोकिएका शाखाहरू (कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल, र हेटौँडा) बाट आवेदन दिन सक्नेछन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमार्फत र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

1

Scroll to Top