Banijya News

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्री

1
1.1K Shares


प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। बैंकले जानकारी दिए अनुसार, यदि निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ। बैंकले सेयरको संख्या भने खुलाएको छैन, तर बिक्री गर्ने संस्थापकको नाम र सेयरको बिक्री मूल्यबारे कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिनेछ।

1

Scroll to Top