Banijya News

बागमती स्विट्सको बदाममा किरा भेटिएपछि बिक्रीमा रोक

1
1.1K Shares

खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि त्रिपुरेश्वरमा रहेको बागमती स्विट्स प्रालिको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमनका क्रममा सोमबार सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि कानुन अनुसार विभागले उत्पादन रोक्का गरी कारबाही अघि बढाएको जानकारी दिएको छ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार बागमती स्विट्समा तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ सन्तोषजनक नपाइएको, फोहोर व्यवस्थापन कमजोर रहेको तथा ड्राइफ्रुट्स प्याकमा प्रयोगका लागि राखिएको बदाममा कीरा लागेको भेटिएको थियो। विभागले उद्योगलाई देखिएको किरा लागेको बदाम जफत गरी नष्टसमेत गरेको थियो।

अनुगमनपछि विभागले अर्को आदेश नभएसम्मका लागि उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन र कमजोरी सुधार गरी प्रमाणसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

थप अनुसन्धानका लागि बदाम तथा ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको शर्माले जानकारी दिइन्।

1

Scroll to Top