Banijya News

एफएनसीसीआईको जिल्ला–नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित, अन्य सदस्यमा को ?

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला–नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निर्वाचित दुवै अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् । त्यस्तै, महासंघको जिल्ला नगरतर्फ केन्द्रीय कार्यकारिणी सदस्य खुलातर्फको मतगणना सम्पन्न भएको छ । मंगलबार साँझ सम्पन्न भएको मतगणनामा १२ जना सदस्यको टुङ्गो लागेको हो । त्यसमध्ये सबैभन्दा कम ल्याएर निर्वाचित हुने उम्मेदवारको ८१ मत आएको थियो भने सबैभन्दा धेरै ल्याउनेले १११ मत ल्याएका थिए । यो समूहतर्फ १२९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

१. प्रयास कार्कीः १११

२. अर्जुन कुमार श्रेष्ठः ११०

३. कृष्ण कातुवालः१०५

४. छ्त्रधर आत्रेयः १०४

५. लक्ष्मण राज पौडेलः १०४

६. मोहन प्रसाद श्रेष्ठः १०२

७. सन्तोष खड्काः १०२

८. दिपक नेपालः १००

९. केशव प्रसाद भन्डारीः ९८

१०. गोकुल श्रेष्ठः ९७

११. हरि प्रसाद अर्यालः ९२

१२. तारा बहादुर कार्कीः ९०

१३. शंकर गिरीः ८६

१४. उज्ज्वल प्रसाद कसजुः ८२

१५. सुदर्शन कार्कीः ८१

महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यको मतगणना सम्पन्न भएको छ । मंगलबार साँझ सम्पन्न भएको मतगणनामा १३ जना सदस्यको टुङ्गो लागेको हो । त्यसमध्ये अन्तिम क्रमका चार जनाको मत बराबर आएपछि दुई–दुई जनाले आधा आधा कार्यकाल सम्हाल्ने भएका छन् ।

१. डोलनिधि लामिछाने

२. लालमणि घिमिरे

३. पुण्य प्रसाद पाण्डे

४. विदुर ढकाल

५. जंग बहादुर थापा

६. रविलाल पुरी

७. राम प्रसाद कँडेल

८. डिल्ली राम कँडेल

९. सन्तोष विष्ट

१०. सन्तोष के.सी.

११. हरि प्रसाद सुवेदी

१२. डिलाराम चालिसे

१३. घनश्याम कँडेल

१४. प्रल्हाद कँडेल

१५. प्रदिप कँडेल

1

Scroll to Top